Logo

२४ घण्टामा ३ हजार १ सय ६ जनामा कोरोना संक्रण पुष्टि

                     
Logo १६ श्रावण २०७८, शनिबार १६:५९    

काठमाण्डौं, १६ साउन ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का ३ हजार १ सय ६ संक्रमित थपिएका छन् ।

९ हजार २ सय ६३ जनामा पीसीआर परीक्षण गर्दा २ हजार २ सय ८० र ४ हजार २ सय ५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८ सय २६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ । सोही अवधिमा १९ हजार १६ जना संक्रमणमुक्त भएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।


लोकप्रिय छुटाउनुभयो कि ?