Logo

उदयपुरको त्रियुगा नगरपलिकामा एकै परिवारका ३ जनाको मृत्युपछि वडा ‘सिल’

                     
Logo १६ श्रावण २०७८, शनिबार १८:४१    

गाईघाट श्रावण १६ गते

कोरोना संक्रमणले एकै परिवारमा ३ जनाको ज्यान गएपछि उदयपुरको त्रियुगा नगरपालिका अन्र्तगत २ वडामा पर्ने खैजनपुरलाई ‘सिल’ गरिएको छ।

एकै परिवारका २ पुरुष र १ महिलाको ज्यान गएपछि आगामी ७ दिनका लागि खैजनपुर सिल गरिएको वडाध्यक्ष घमानसिंह खत्रीले बताएका छन ।

२५ दिनभित्र कोभिड संक्रमणबाट बिराटनगरमा उपचाररत रहेका ४२ वर्षीय पुरुषको २५ दिनअघि ज्यान गएको थियो। सोही परिवारका अर्का ३८ वर्षीय पुरुषको ११ दिनअघि कोभिडकै कारण ज्यान गएकोमा गए राति सोही परिवारकी ४० वर्षीया महिलाको पनि ज्यान गएको छ।

वडाध्यक्ष खत्रीका अनुसार एकै परिवारका ३ जनाले ज्यान गुमाएपछि टोलभित्र दर्जन बढी व्यक्तिहरु समेत संक्रमित पाइएको हुनाले निषेधाज्ञा लागू गर्नु परेको बताए। शनिबार राति १२ः०० बजेदेखि आउँदो २४ गते राति १२ः०० बजेसम्मका लागि निषेधाज्ञा लगाइएको खत्रीले बताए। निषेधाज्ञा अवधिभर अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन सबैलाई आग्रह गरिएको छ भने यातायात, बजार, पसल, बिहे, भोज, पार्टी, भेला सबै बन्द गरिएको छ।

 


लोकप्रिय छुटाउनुभयो कि ?