अम्विका दहाल


राजविराज श्रावण १६ गते ।
बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट महिला जागरण, शसक्तिकरण, अधिकार संरक्षण र चेतना अभिबृद्धिमा योगदान पुर्याए वापत दुई महिला सम्मानित भएका छन् ।

२९ औं प्रकाश स्मृति दिवसको अवसर सप्तरीमा विद्यार्थीकालदेखि नै राजनीतिमा गर्दै आएकी तथा २०६४ सालमा सहकारी स्थापना गरी सिपमूलक, आयमूलक कार्यक्रम सञ्चालन गर्दै गरीब, असहाय, अल्पसङ्ख्यक, उत्पीडनमा परेका महिलाको चेतना अभिवृद्धिमा योगदान पुर्र्या वापत प्रदेश २ को आन्तरिक मामिला तथा संचार राजय मन्त्री रुबी कर्ण लाई वर्ष २०७७ बाट पुरस्कृत गरिएको छ ।
यसैगरी एकल महिला र उनीहरूमा आश्रितले भोगिरहेको गरिबी, विभेद र अन्यायविरुद्ध कटिबद्ध रही विभेदरहित, हिंसारहित र सम्मानित जीवन जिउनका लागि एकल महिलालाई सशक्त गराउने अभियानमा एकल महिला समूह सप्तरीको संस्थापक भई हाल प्रदेश २ को अध्यक्ष रहनु भएकी देवकोटालाई वर्ष २०७८ का लागि पुरस्कृत गरिएको हो ।
यसैगरी देवकोटालाई बैद्य–प्रकाश मानवअधिकार पुरस्कार २०७८ (छेठौ) बाट सम्मान गरिएको कोषका संस्थापक अध्यक्ष बैजनाथ झाले बताए ।
लामो समयदेखी महिला जागरण, सशक्तिकरण तथा अधिकार क्षेत्रमा गरेको योगदानको उच्च मुल्याङ्कन गर्दै कर्ण र देवकोटालाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले जनही नगद पाँच पाँच हजार, कदरपत्र तथा दोसल्ला ओढाई सम्मान गरेका थिए ।
बैद्यनाथ झाले प्राप्त गरेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा २१ औँ प्रकाश मानव अधिकार पुरस्कारको नगद रु. ५० हजारबाट स्थापना गरिएको बैद्य–प्रकाश मानव अधिकार पुरस्कार कोष रासीमा उनकी आमा चन्द्रादेवी झाले सामाजिक सुरक्षा भत्ताबापत पाएको रकम ५० हजार रुपियाँ थप गरिएको संस्थापक अध्यक्ष झाले बताए । यसैगरी पुरस्कृत कर्णले प्राप्त गरेको पुरस्कार राशीमा थप गरी १० हजार २ सय रुपियाँ कोषमा जम्मा भएको समेत अध्यक्ष झाले बताए ।
इन्सेकका संस्थापक महासचिव काफ्लेको ४० वर्षको उमेरमा ०४९ साउन १६ गते नुवाकोटको घोप्टेभिरमा थाइ एयरबसको विमान दुर्घटना हुँदा निधन भएको थियो ।
कोषका संस्थापक बैद्यनाथ झाको अध्यक्षतामा आयोजित कार्यक्रममा राजविराज नगरपालिका उपप्रमुख साधना झा, सहायक प्रमुख जिल्ला अधिकारी नाथु साह, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, ज्येष्ठ नागरिक महासङ्घका प्रदेश २ अध्यक्ष शङ्कर शारदा, राजविराज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष भरत यादव, नेपाल पत्रकार महासङ्घ सप्तरीका अध्यक्ष श्रवण देव तथा उपाध्यक्ष अम्विका दहाल, महिला शिक्षक मञ्जु श्रेष्ठ , सहायक प्रमुख जिल्ला अधिकारी नाथु साह, प्रदेश २ मिडिया काउन्सीलका अध्यक्ष शिवहरिप्रसाद भट्टराई, प्रदेश २ जेष्ठ नागरिक संघका अध्यक्ष शंकर सारदा, भिमदल गणका गणपति निरज भण्डारी, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली लगायतले मन्तब्य दिएका थिए ।












