कञ्चनरुप, १७ साउन ।


नेपालकै प्रसिद्ध तथा सप्तरीकी आराध्य देवी छिन्नमस्ता सखडेश्वरी मन्दिरको भगतीको मुर्तिमा रहेको चाँदीको मुकुट आज साँझ चोरी भएको छ ।
साँझ करिब सवाँ ७ बजेतिर चाँदीको मुकुट चोरी भएको मन्दिरका पिठाधिस महाकान्त ठाकुरले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय सखडाका सई राम पुकार महतोका अनुसार साँझको बेला पुजारीहरु पोखरीतिर सरसफाईमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको बताए। मुकुटको खोजी तीव्र गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले नाएका छन ।












