कञ्चनरुप श्रावण १८ गते ।


सप्तरीमा छुट्टा छुटै घटना हुदा एक वालिका सहित ३ जनाको मृत्यु भएको छ ।
सप्तरीको पूर्व पश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका–४ अमाहामा आज साझँ सडक दुर्घटना हुदा सिरहा लहान–१७ का २८ वर्षीय रामाशंकर यादव र सप्तरी शम्भुनाथ नगरपालिका–५ का २९ वर्षीय बुद्धसागर चौधरीको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ ।

चौधरीले गुडाएको स।११ प ४०३८ नम्बरको मोटरसाइकल पछाडि सवार सप्तरीको शम्भुनाथ–७ का २८ वर्षीय आनन्द चौधरी र यादवले गुडाएको प्रदेश नम्बर २–०१–००१ प ९५५६ नम्बरको मोटरसाइकल पछाडी सवार सिरहाको लहान–२० की २३ वर्षीय सोनम चौधरी घाइते भएका छन्। उनीहरुको उपचार लहानमा भइरहेको छ।
बा। २ ख ५६८२ नम्बरको बसलाई ओभरटेक गर्ने क्रममा दुई वटा मोटरसाइकल ठोक्किएर दुर्घटना भएको सप्तरी प्रहरीले जनाएको छ। बस गइरहेकै दिशातर्फ जाँदै गरेको स.११ प.४०३८ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा बायाँ तर्फको ह्याण्डिल बसमा ठोक्किएर अनियन्त्रित भएको डिएसपी माधवप्रसाद काफ्लेले बताए।
अनियन्त्रित भएको सो मोटरसाइकल विपरित दिशाबाट आउँदै गरेको र प्रदेश नम्बर २–०१–००१ प ९५५६ नम्बरको मोटरसाइकलमा ठोक्किएको थियो।
यसै गरी सप्तरीको जिल्लाको राजगढ गाउँपालिका ३ नर्घोका घुरन रामको ७ वर्षीय छोरा उमेश राम पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको सप्तरी प्रहरी जनाएको छ ।
कञ्चनरुप नगरपालिकाको सूचना













