Logo

नेत्र बिक्रम चन्द नेतृत्वका नेकपाद्वारा राजबिराजमा बिरोध प्रदर्शन

                     
Logo १८ श्रावण २०७८, सोमबार २१:१८    

राजबिराज श्रावण १८ गते।

कर्णाली तुईन घटनामा मृत्यु भएका जय सिंह धामीलाई सहिद घोषणा गर्न माग गर्दै नेत्र बिक्रम चन्द नेतृत्वका नेकपाद्वारा राजबिराजमा सोमबार बिरोध प्रदर्शन गरेको छ ।

राजविराज स्थित स्थानीय शिव मन्दिरको प्राङ्गणबाट विभिन्न नारा उल्लेखित प्लेकार्डसहित निकालिएको ¥यालीले नगरपरिक्रमा गरी सहिद दशन चौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

बिप्लव नेकपाका नेताकार्यकर्ताले जय सिंह धामीलाई सहिद घोषणा गर, भारतीय एसएसबीको ज्यादती बन्द गर, कालापानी लिपुलेक हाम्रो हो, भारतीय साम्राज्यवाद मुर्दाबाद लगायतका नारा सहित एमसिसि खारेज गर, सन १९५०को असमान सन्धि खारेज गर, नेपालीमाथिको हत्याहिंसा बन्द गर लगायतका नारा लगाएका थिए ।

सप्तरी जिल्ला सेक्रेटरी बिमला खड्काको अध्यक्षतामा आयोजित विरोध भालाई केन्द्रिय सदस्य एबम् सप्तरी जिल्ला ईन्चार्ज बलवान सिंह, जिल्ला जनसत्ता प्रमुख राम नारायण मण्डल लगायतकाले सम्बोधन गरेका थिए ।

 

कञ्चनरुप नगरपालिकाको सुचना


लोकप्रिय छुटाउनुभयो कि ?