Logo

अत्याधिक गर्मिले गर्दा सप्तरीको जनजीवन कष्टकर

                     
Logo २२ श्रावण २०७८, शुक्रबार १५:२५    

कञ्चनरुप ।

अत्याधिक तापमानका कारण सप्तरी लगायत तराई अन्य जिल्लाहरुको जनजीवन कष्टकर बनेको छ ।

गर्मीका कारण प्रदेश नं. २ का सप्तरी, सिरहा ,धनुष, महोतरी, रौतहट सर्लाही, वारा र पर्सा जनजीवन कष्टकर बनेको छ । बजार–पसलमा सर्वसाधारणको उपस्थिति पातलिएको छ । चर्को घामका कारण सर्वसाधारणको चहलपहलमा कमी आउदा कतिपय क्षेत्र सुनसान देखिएका छन ।

चर्को घामले र तपमान धेरै हुदा सर्वसाधारणको दैनिकी प्रभावित बन्दै गएको छ भने स्वास्थ्य संस्थाहरुमा भाइरल ज्वरो तथा रुघाखोकीका विरामीको संख्या समेत बढेको छ ।

प्रदेश २मा गर्मी बढेसंगै जसमा ज्वरो र रुघाखोकीका भाइरलका विरामी बढेका छन् । अत्यावश्यक अवस्थामा घर बाहिर निस्कन परे स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् । एकसाता अघि सम्म प्रदेश २ का कति पय जिल्लाहरुका स्थानिय तहरु डुवानको चपेटामा थिए भने तिवेला । चर्को घाम र गर्मीले जनजीवन आक्रान्त बनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?