Logo

३ हजार ७ सय २९ कोरोना संक्रमित, २५ को मृत्यु

                     
Logo २२ श्रावण २०७८, शुक्रबार १७:४०    

काठमाडौं, २२ साउन ।

पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा परीक्षणबाट ३ हजार ७ सय २९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १,८८५ जना कोरोनामुक्त भएका छन् भने शुक्रबार कोरोनाबाट थप २५ जनाको ज्यान गएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ ।

देशभर ३४ हजार ९४२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये ३१ हजार ४२७ होम आइसोलेसनमा रहेका छन्।


लोकप्रिय छुटाउनुभयो कि ?