Logo

सप्तरीमा ट्यांकरको ठक्करबाट बाराकी एक महिलाको मृत्यु

                     
Logo २४ श्रावण २०७८, आईतवार १५:१२    

कञ्चनरुप श्रवाण २४ गते ।

सप्तरीको शम्भुनाथ नगरपालिका कठौना स्थित पूर्व पश्चिम राजमार्ग खण्डमा ट्यांकरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

शम्भुनाथ नगरपालिका–६ कठौनास्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति भएको दुर्घटनामा बाराको आदर्श कोतवाल गाउँपालिका–३ बस्ने ६५ वर्षीया मलादेवी गिरीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

ना.४ख २८०० नम्बरको बसबाट ओर्लिएर सडक पार गर्दै गरेकी उनलाई ना.४ ख २४४१ नम्बरको ट्यांकरले हिजो साझ ठक्कर दिए पछि उपचारको लागि रुपनीस्थित युनिक अस्पताल पुर्‍याउना साथ गिरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । ठक्कर दिने ट्याङ्कर र चालक मोरङ्गको विराटनगर महानगरपालिका–४ खाडीकोबरा बस्ने ४५ वर्षीय गणेश मंडललाई रुपनी प्रहरीले नियन्त्रणमा लिएको छ। शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ। घटनाको थप आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाइएको छ भने मृतक सुनसरीको चतराबाट दर्शन गरी फर्कंदै गरेकी प्रहरीले जनाएके छ ।


लोकप्रिय छुटाउनुभयो कि ?