Logo

उदयपुरमा अटो माथि रुख खस्दा एकको मृत्यु , ३ घाईते

                     
Logo २३ श्रावण २०७८, शनिबार २०:४७    

गाईघाट श्रावण २३ गते ।

उदयपुरको उदयपुरगढी गाउँपालिका – ७ अधेरी झरना नजिकै रोकि राखेको अटो माथि अचानक रुख किच्दा एकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

जिल्लको मदन भण्डारी राजमार्ग अन्तर्गत अधेरी झरना नजिक शनिबार दिउँसो पार्किङ गरेर राखिएको प्र.२–०१–००१ ह ०५६० नम्बरको अटो र स १० प ३२७२ नम्बरको मोटर साइकल माथि अचानक रुखले खस्दा रुखले किचेर कटारी नगरपालिका–४ की ३८ वर्षीया निशा मगर दनुवारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

रुखले किच्दा निशाका ४० वर्षीय श्रीमान श्याम दनुवार, अर्की २७ वर्षीया मिना दनुवार र अटो चालक कटारी नगरपालिका–५ का ४८ वर्षीय कुमार तामाङ घाइते भएको प्रहरी जाएको छ । घाइतेमध्ये अटो चालक तामाङ गम्भीर छन् । अन्यको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ । घाइतेको कटारी अस्पतालमा उपचार भइरहेको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत अधेरी झरनामा अटो लिएर घुम्न आएका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?