काठमाडौं, २३ साउन ।


पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार २ सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा थप १ हजार ७ सय २२ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार २४ घण्टामा संक्रमणबाट १९ जनाको मृत्यु भएको छ साथै सक्रिय संक्रमितहरुको संख्या ३५ हजार ४ सय ३२ रहेका छन ।

अहिलेसम्म देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३८ पुगेको छ । आइसोलेसनमा रहनेको संख्या ३५ हजार ४ यस ३२ रहेको छ भने ४ सय ४३ जना क्वारेन्टाइनमा छन् । नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ६७ हजार २ सय ७० छ ।












