२४ श्रावण, काठमाडौं ।


पछिल्लो २४ घण्टामा २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २ हजार ३ सय ९६ जना निको भएका छन् ।
२४ घण्टामा संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ ।

यसै गरी ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १ सय ३७ जना र ३ हजार ३ सय ४५ एन्टिजेन परीक्षण गर्दा ४११ गरी २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।












