२४श्रावण, कञ्चनरुप ।


नेपाल कम्युनिस्ट पार्टी एमालेका पोलिट्ब्युरो सदस्य , प्रदेश नम्बर २ का सह–ईन्चार्ज तथ पुर्व मन्त्रि नागेन्द्र चौधरीले अध्यक्ष ओलिको अहंकार र एकलकाँटे प्रवृत्तिले बामपंथी आन्दोलन कमजोर भएको बताए ।
आइतवार प्रेस चौतारी नेपाल सप्तरीद्वारा राजबिराजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै चौधरीले यस्तो बताएका हुन ।

कार्यक्रममा बोल्दै चौधरीले अध्यक्ष केपी ओलिको अहंकारले एकलकाँटे, अहंकार र पार्टी बिधानबिरोधि गतिविधिले बाम एकतालाई विघटन दिशामा लगो कारण कमजोर बनाएको बताएका हुन । चौधरीले भने एमाले एकताका लागि अन्तिमसम्म प्रयास जारी राख्ने बताउँदै बैचारिक रुपले बिचलित भएकाहरूलाई छोडेर कम्युनिस्ट एकता गरेर अधि बढ्ने उल्लेख गरे ।
एमाले जिल्ला अध्यक्ष तथा प्रदेश सभा सदस्य गोबिन्द न्यौपानेले केही मान्छेहरूले अबैधानिक समिति बनाएर समानन्तर गतिविधि गरेको सुन्नुमा आएको छ, अध्यक्ष न्यौपानेले भने, पार्टी निर्णय र निर्देशन बिपरीत कार्य गर्नेलाई छुट हुने छैन ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष एवम् प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष अम्बिका दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा एमाले जिल्ला समिति सप्तरी बैठकद्वारा शनिबार गरिएको निर्णय सार्वजनिक गरिएको छ ।
जिल्लाको क्षेत्र नम्बर १, २ र ३ मा इन्जार्च हेरफेर गरेको छ । क्षेत्र नम्बर १ मा नारायण आचार्य, २ मा निरन्जन झा र ३ मा अनिल गुप्तालाई जिम्मेवारी दिइएको छ ।
बैठकले जिल्लाका सबै पालिकामा जिम्मेबारी बाँडफाँट गर्दै इन्जार्च र सह इन्जार्च समेत तोकिएको न्यौपानेले जानकारी दिए ।













