२५ श्रवाण राजजिराज ।


प्रदेश २ का प्रमुख राजेश झा ‘अहिराज’ले सकारात्मक सन्देश फैलाउन सुरक्षा निकाय, कर्मचारी र पत्रकार मिलेर काम गर्नुपर्ने बताए । सप्तरीको सुरक्षा निकायका पदाधिकारी र पत्रकारबीच आइतबार भएको अन्तरक्रियामा उनले हरेक नागरिकलाई देशप्रति गर्व र मधेसप्रति मायाको भावना जागृत गराउन एकजुट हुनुपर्ने बताए ।
उनले उदारवाद, अनुदारवाद, चरमपन्थ, कटरवाद, बिग्रह हुँदै हिंसा हुने गरेको बताउँदै सामान्य घटनाहरुमा पनि पार्टीगत गन्ध आउनुले समाजको सकारात्मक परिवर्तनमा समस्या सिर्जना गरेको बताए ।

भ्रष्टाचारीको जात, धर्म, आस्था नहुने भएकाले क्षमा गर्न नहुने तथा राष्ट्रिय एकता र नागरिकको सुरक्षाका विषयमा सम्झौता नहुने उहाँले बताउनुभयो । देशमा पछिल्लो समय उदारवाद, अनुदारवाद, चरमपन्थ, कट्टरवाद, बिग्रह हुँदै हिंसामा परिणत हुने अवस्था गम्भीर समस्याका रूपमा देखिएको झाले बताउनुभयो । प्रदेश २ अभाव, अपराध अतिवादको चपेटामा परेकाले सबै मिलेर भ्रष्टाचारमुक्त सबल प्रदेश निर्माणमा जोड दिनुपर्ने बताए ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जिल्लाको शान्ति सुरक्षा, कोरोना महामारी नियन्त्रणका लागि भएको गतिविधि, विपद्को तयारीको अवस्था बारेमा बताउनुभयो । प्रजिअ आचार्यले जनता र राज्यबीचको दूरी कम गर्न सामिप्यतालाई प्राथमिकतामा राखेको बताए ।
नेपाली सेनाका गणपति नीरज भण्डारी, प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठ, उपअनुसन्धान निर्देशक नरेशबहादुर शाहले सीमा सुरक्षा, सीमास्तम्भ, लागूऔषध, द्वन्द्व, हिंसा र अपराधजन्य गतिविधि तथा पत्रकारलाई सूचनाको उपलब्धताको अवस्थाबारे जानकारी गराए ।
पत्रकारले समाचारमार्फत द्वन्द्व र दूरी कम गर्न, समभावनामा आधारित समाज निर्माण गर्न पत्रकारले योगदान गरिरहे पनि सहज सूचना, सुरक्षा र सम्मान पाउन नसकेको बताए ।













