Logo

भारदहको कंकालिनी मन्दिर नजिक सेनाको गाडी र पिकअप ठोक्किँदा एकको मृत्यु दुई घाइते

                     
Logo २७ श्रावण २०७८, बुधबार १९:४७    

२७ श्रावण ,कञ्चनप।

सप्तरीको भारदह स्थित कंकालिनी मन्दिर नजिक नेपाली सेनाको गाडी र पिकअप भ्यान एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

हनुमाननगर–कंकालिनी नगरपालिका अँर्तगत भारदहको कंकालिनी मन्दिर अगाडि पूर्व पह्चिम राजर्माग सडक खण्डमा पश्चिमतर्फ आउँदै गरेको नेपाली सेनाको १८ नम्बर बाहिनी गाईघाटको प्रदेश ३–०१–००१ ग ३७२५ नम्बरको गाडी र पुर्व तर्फ जाँदै गरेको मे १ च ६९२५ नम्बरको पिकअप गाडी एकापसमा ठक्कर खाएर दुर्घटना प्रहरीले जाएको छ ।

दुर्घटनामा परि पिकअप चालक झापाको दमक बस्ने ४२ वर्षीय मेघराज शर्माको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले बताए । दुर्घटनामा पिकअपका सहचालक सुनसरीको इटहरी उपमहानगरपालिका–५ का ५२ वर्षीय भवानी र सेनाको गाडीमा सवार खोटाङको मझुवागढी नगरपालिका–१० का १८ नम्बर बाहिनी गाईघाटमा कार्यरत जमदार जीवन गिरी घाइते भएका छन् । उनीहरूको भारदह अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुवै गाडी र सेनाको गाडीका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?