२७ श्रावण , राजविराज ।


सप्तरीका प्रमुख जिल्ला अधिकारी (सिडियो ) सहितको टोलीले जिल्लाको कोइलाडी गाउँपालिका वडा नम्वर ४का अपाङ्ग एक युवकलाई उनकै घर पुगरे नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका छन् ।
बुधबार प्रजिअ जयनारायण आचार्य सहितको टोलिले कोइलाडी गाउँपालिका वडा नम्वर ४ का शैलेन्द्र कुमार मण्डलका १९ वर्षीय छोरा प्रलाद शारीरिक रूपमा पूर्ण अशक्त रहेकाले घरमै पुगेर नागरिकता दिइएको उनले बताए । उनी हिंड्न समेत नसक्ने भएको जानकारी पाएपछि उनको घरमै पुगरे नागरिकता दिएको सिडियो आचार्यले बताए ।

सिडियो आचार्यले भने उमेर पु्गेपछि नेपाल सरकारले दिदै आईरहेको आपाङ्गता भएका व्यक्तिहरुलाई सेवासुविधाबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले प्रशासन कार्यालयको टोलिले उनकै घरमा पुगेर नागरिकता दिएको उनको भनाई छ ।
प्रलादको घरमै आएर नागरिकता दिदा उनका बुबा र आमा निकै खुसि भएका थिए । साथै गाउँका मानिसहरुले उहाँहरुको कामको प्रशंसा समेत गरेका थिए ।













