Logo

६ बर्षदेखि मलेसियामा रहेकका एक युवक नेपालमा एसईई उत्तीर्ण

                     
Logo २९ श्रावण २०७८, शुक्रबार १९:४९    

२९ श्रावण , कञ्चनरुप ।

सप्तरीको सप्तकोशी नगरपालिकाका एक युवक विगत ६ बर्षदेखि वैदेशिक रोजगारीको शिलसिलामा मलेसियामा रोजगारीमा कार्यरत दुदा हुदै एईई उत्तीर्ण भए पछि कोरोना महामारीले फाईदा उठाएर आशंका गरिएको छ ।

वडा नं.१० का २६ बर्षीय गोपाल प्रसाद सन्त सेही वडामा रहेको जनता माध्यमिक बिद्यालय भगनी मलेठबाट माध्यमिक शिक्षा परीक्षामा २.७५ जिपिए ल्याएर उत्तीर्ण भएका हुन् ।

मलेसियामा रहदा हरदै पनि सन्त २०७७ सालको एसईईमा २.७५ जिपिए ल्याएर उत्तीर्ण भए भन्ने चासो बढेको छ भने एसईई उत्तीर्ण भएका गोपालका पिता राम सन्त सोहि विद्यालयका कार्यालय सहयोगी हुन् र उनले विद्यालयका प्रधानाध्यापक श्याम चौधरीसँगको मिलेमतोमा परिक्षा फर्म भराएको बुझिएको छ भने गोपाल सन्तले विगत ६ वर्षदेखि आफू मलेसियमा रहेको र एसईई पास गरेको स्विकारेका छन् ।

शिक्षा अधिकृत रमेश खड्काले विदेशमा भएको ब्यक्ति एसईई परिक्षा पास भएको विषय जानकारीमा आएको र सो विषयमा विद्यालयलाई पत्राचार गरी दुई दिन भित्र सम्पुर्ण विवरण उपलब्ध गराउन निर्देशनसहित पत्राचार गरिएको बताए । एसईईको परिक्षा फर्म विद्यार्थी स्वयम् उपस्थित भएर भर्नु पर्ने ब्यवस्था रहेको भएपनि कसरी फर्म भरेर अंक पठाईयो भन्ने विषयमा अनुसन्धान भईरहेको खड्काले भने ।

यस विषयमा विद्यालयका प्रधानाध्यापक श्याम चौधरीसंग प्रतिक्रिया लिन खोज्दा उनले मोवाईल नै स्वीच अफ गरी बसेका छन् । राष्ट्रिय परीक्षा बोर्डले जारी गरेको ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ मा विद्यार्थीको परीक्षाको अन्तिम मूल्यांकन गर्न सम्बन्धित विद्यालयको प्रधानाध्यापक अध्यक्ष रहने गरी तीन सदस्यीय समिति गठन गर्ने व्यवस्था छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?