३० साउन, कञ्चनरुप ।


सप्तरीको कञ्चनरुप नगरपालिका वडा नं. ७मा निर्माण सपन्न भएको स्वास्थ्य चौकि भवन सञ्चालनमा नआउदै पानी चुहिन थालेको छ ।
कञ्चनरु नगरपलिकाको १४ लाख ९९ हजार ६ यस ४१ रूरुपैया १ पैसामा र जन श्रमदान २ लाख ,९९ हजार ९ यस २५ रूपैया ९८ पैसा गरि जम्मा १७ लाख ,९९ हजार ५ यस ६६ रूप्रया ९९ पैसा निमाण गरेको स्वास्थ्य चौकि भवन वारिबाट चिटिक्क देखीए पनि पानी पर्ने बित्तिकै चुहिन थाल्छ । कञ्चनरुपको वलुवा चोकबाट करिब २ किलो मिटर पश्चिममा वडा नं. ७ का जनतालाई स्वास्थ्य सेवा दिने उद्देश्यका साथ निर्माण भएको स्वास्थ्य चौकि भवन संचालन आउनु अधि पानि चुहिनुमा नगरपालिका र वडा कार्यालयको पनि मिलोमतो रहेको स्थानियको आरोप छ ।

नगरपलिकाले गुणस्तरीय मापण्डको परिक्षण तथा अनुगमन नगरी वडाको अध्यक्षको मलिमातोमा रकम निकासी गर्नुको परिणमा भवन चसहिएको अस्थानियले आरोप गाएका छन ।
नगरपालिका तथा वडाबाट निमार्णको अवधिमा कुनै किसिमको अनुगमन र के कति काम भयो भन्ने वारेमा समेत चासो नदिदा उपभोक्ता समतिका पदाधिकारीहरुले कमिसनको मिलोमतोमा भवन चुहिएको स्थानियले आरोप लगाएका छन ।
यता नेपाली काँग्रेसबाट ७ नं.वडा अध्यक्षका उमेदवार रहेका रमान्नद चौधरीका अनुसार श्याम सरदारलाई उपभोक्ता समितीको अध्यक्ष बनाउनु नै गलत थियो अब अहिले भवन चुहिनुमा कुनै ठुलो कुरा हैन ? पैसा बाढि चुडि खाए अनि भवनमा पानि त चुहिहाल्छ नि ।
यसै गरी नेपाली काँग्रेशका स्थानिय नेता तथा तत्कालीन नेपाल लोकतान्त्रिक फोरम बाट अध्यक्षका उमेदवार रहेका राजेन्द्र प्रसाद साहुले भवन निर्माण हस्तान्रण नभई चुहिनु भनेको निर्माणको वेला अनियमित भएको गन्ध आएको बताए । साहका अनुसार उक्त भवनको ढलान वखत उभोक्ता समितको अध्यक्ष श्याम सरदार रहेको समेत उल्लख गरे । उनका अनुसार पुः भवन निमार्ण गर्दा स्थानिय देवनाराण साह समितको अध्यक्ष भएको बताए ।
भवन नै चुहिने भएपछि कसरी त्यसमा काम काज गर्ने विरामिको चेक जाँच गर्ने भन्दै स्वाथ्यकर्मी गुनासो छ ।













