३० साउन , काठमाडौं,।


नेपालमा पछिल्लो २४ घण्टामा २,६२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा परीक्षण गराएका १३ हजार ५७३ नमूनामा यो संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
८,६६७ नमूनाको पीसीआर र ४,९०६ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराइएको थियो । जसमध्ये पीसीआरबाट १,९४७ जनाको र ६७७ जनाको एन्टिजेन विधिबाट संक्रमण देखिएको हो ।

यस्तै पछिल्लो १४ घण्टामा कोरोनाबाट थप २० जनाको निधन भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको छ । मन्त्रालयका अनुसार शनिबार १,९२० जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा ९४ हजार ७८९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मन्त्रालयका अनुसार हालसम्म ३९ हजार ४०५ जना कोरोनाका सक्रिय संक्रमित छन् । ७६० जना कोरोना संक्रमितको आइसीयूमा र १८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ












