अम्विका दहाल


श्रावण ३१ राजविराज ।
नेपाल पत्रकार महासंघ सप्तरीले बिज्ञापनलाई समानुपातिक प्रणालीबाट बितरण सम्वन्धी जनप्रतिनिधिसँगको शनिबार अन्तरक्रिया गरेको छ ।

बिज्ञापनलाई समानुपातिक प्रणालीबाट बितरर्णे उद्देश्यले आयोजित कार्यक्रममा सप्तरीका स्थानिय तह प्रमुखहरुले बिज्ञापनलाई समानुपातिक बनाउने प्रतिबद्धता व्यक्त गरे ।
जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा कंचनरुप नगरपालिकाका प्रमुख वसन्त कुमार मिश्र , सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम कुमार गौतम, राजबिराज नगरपालिकाका प्रमुख शम्भु प्रसाद यादव, डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिव नारायण साह,सुरुङ्गा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरी,बोदेबर्साईन नगरपालिकाका प्रमुख आतेश कुमार सिंह लगायतकाले समानुपातिक बिज्ञापन सम्बन्धमा धाराणा राख्दै बिज्ञापनलाई समानुपातिक बनाउने प्रतिबद्धता व्यक्त गरे थिए ।
कार्यक्रमा अग्निसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष पर्शुराम चौधरी, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, तिरुहुत गाउँपालिकाका अध्यक्ष हेमन्त बहडखेर, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिस कुमार सिंह लगायतकाले समानुपातिक बिज्ञापन प्रणालीले स्थानी यसंचार माध्यमको बिकास हुने भएकाले अबिलम्व कार्यान्वयन गरिनु पर्ने बताए ।
यसै गरी सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बिज्ञापनलाई ब्यवस्तिथ गराउन महासंघ भूमिका खेल्नु पर्र्ने बिचार व्यक्त गरे ।
नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह, पूर्व केन्द्रिय सदस्य अबधेश झा, राजबिराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन कुमार थापा, तिलाठी कोईलाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव झा लगायतकाले आ आफ्नो धरणा राखेका दिए ।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रावण कुमार देवको अध्यक्षता आयाजित कार्यक्रमा महासंघ
स्वागत उपाध्यक्ष अम्बिका दाहालले गरेकी थिएन भने यस्तै अर्का उपाध्यक्ष बैधनाथ यादवले धन्यवाद व्यक्त गरेका थिए र सचिव रामनारायण बिश्वासले कार्यक्रम संचालन गरेका थिए ।












