श्रावण ३१ सीतापुर ।


विद्यालय प्रशासनलाई घुस नदिएको कारण सीतापुर माविका एक प्रविधिक शिक्षकको करार अवधी नथपिएको रहस्य सार्वजनिक भएको छ ।
सप्तरीको अग्नीसाईर कृष्णसवरन गाउँपािलका भुर्की सितापुर स्थित सुदनवती, फुलमन्ती, देविलाल जनता माध्यमिक विद्यालयको प्राविधिक अर्तगत सिभिल इन्जिनियरिङ विषयमा अध्यपन गराउदै आएका जण्डोल निवासि आशिष विजयनाथ चौधरी करार म्याद थपका लागी रु १ लाख घुस नबुझाउदा ६ महिना मै जागिरबाट हात धुनु परेको हो ।

विद्यालयले सिभिल इन्जिनियरिङ कक्षाका लागि गत ०७७ पुष २६ गते मा.वि., नि.मा.वि र प्रा.वि.का लागि तीन तहमा एक एक शिक्षकको आश्यक्ता रहेको भनि विज्ञापन आवहन गरेको थियो । सोहि विज्ञापन अनुसारको खुल्ला प्रतिस्पर्दाबाट चौधरी मा.वि. तृतिय पदमा छनोट भएका थिए । खुल्ला प्रतिस्पर्दामा छनोट भएका पनि रकम असुल नगरि नियुक्ति दिन आनाकानी गरेको विद्यालय प्रशासनले काम थालेको एक महिला पछि मात्र ६ महिने करार अवधि तोकी नियुक्ति गरेको थियो । तर कार्यरत रहेकै अवस्थामा पनि विद्यालय प्रशासनको तर्फबाट सहायक प्रअ दुर्गान्नद चौधरीको मिलोमतोमा प्रधानाध्यपक कुलान्द चौधरीले जागिर खाने र करार अवधि थप गर्न मन भए करम बुझाउन दवाव दिने गरको शिक्षक चौधरीले बताए । तर आफु खुल्ला प्रतिस्प्रदाबाट छनोट भएको र घुस दिएर जागरि नखाने बताए पछि करार अवधि पथ नहुदा जागरिबाट हात घुनु परेको पिडित शिक्षक चौत्ररीको कथन छ ।
इन्जिनिरिङ जस्तो विषयमा कम्तिमा एक शैक्षिक सत्रको करार अवधि तोक्नु पर्नेमा रकम असुल्नैका लागि पनि ६÷६ महिने करार तोको पडित शिक्षकहरु बताउछन ।
एउटै विज्ञापनबाट नियुक्ति भएका तीन जना शिक्षकहरु मध्ये एक जनाको करार अवधि थप नगरे पनि अन्य दुईको करारलाई भने निरन्तरता दिइएको छ ।
रकम लेन देनको विषयका सहायक प्रअ. कुलान्नद चौधरीसंग भएको कुराकानीको अडियो रेकर्ड समेत कञ्चनन 24लाई प्राप्त भएएको छ ।
प्राप्त अडियो रेकर्डमा सहायक प्रअ. चौधरीले रकम बुझाउन दवाब दिएको प्रष्ट बुझिन्छ । सहायक प्रअ चौधरीले माथि सम्म बुझाउनु पर्ने भनि रकम माग गरेका रेकर्डमा उल्लेख छ ।













