३१ श्रावण , मुहली ।


सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका ६ नम्बर वडा कार्यालयमा वडा अध्यक्षले अभद्र ब्यबहार गर्ने ब्यक्तिहरुलाई संरक्षण दिएको भन्दै स्थानीय ब्यापारीहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन।
६ नम्बर की वडा अध्यक्ष कुसुम आचार्यले गत साउन १८ गते स्थानीय टीका अधिकारीका छोरा निर्जल अधिकारीसहितको चार जना युवाहरुको समुहले मादकपदार्थ सेवन गरि सुन्नै नसक्ने अपशब्द प्रयोग गरि गालिगलौज गरेको विरुद्ध कारबाही गर्न उजुरी दिएपनि आलटाल गरी समयब विताएको भन्दै दवाब स्वरुप वडा कार्यालयमा ताला लगाउन बाध्य भएको स्थानीयले बताए ।

तालबन्दीका कारण वडाबाट सुचारु हुँदै आएको सम्पूर्ण कामकाज ठप्प भएको छ । अपशब्द प्रयोग गर्ने युवाहरुलाई कारबाही गर्नुको साटो वडा अध्यक्षले संरक्षण दिएको भन्दै बजारबासी गर्दे वडा कार्यालयमा ताल लगाएक हुन
हामीले साउन १९ गते वडा अध्यक्षलाई निबेदन दियौं , आलमले भने, निवेदनमाथि सुनुवाई भएन उनले थपे, फेरी हामीले गत शुक्रबार डेलिकेशनसहित ज्ञापन–पत्र बुझाईयौं । केही गर्दा समेत वडा अध्यक्षले गम्भिरता नदेखाएपछि ताला लगाउन बाध्य भयौं । आलमले सार्वजनिक स्थानमा अभद्र ब्यबहार गर्ने अधिकारीसहितका चार युवालाई कारबाहीका लागि वडा अध्यक्ष समक्ष अपिल गरेको बताए ।
उता ध्यक्ष आचार्यका अनुसार आफुमा स्वास्थ्यको समस्याका कारण छलफल गर्न केही ढिलाई हसन गएको हो तर दुबैपक्षलाई राखी यथार्थ बुझन नसकेको बताईन । उनले समस्या सामाधन गर्ने तmर्फ आफु लागी परको समेत बताईन् ।













