Logo

सप्तरीमा मोटरसाइकल चोरी गर्दै हिडने गिरोह पक्राउ

                     
Logo ३१ श्रावण २०७८, आईतवार २१:२७    

३१ श्रावण कञ्चनरुप ।

सप्तरीबाट मोटरसाइकल चोरी गर्ने गिरोहका चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका–१२ का ३५ वर्षीय पोष्टराज खत्री, सुनसरीको कोशी गाउँपालिका–का २३ वर्षीय मो.मासुम मियाँ सोही ठाउँका २१ वर्षीय मो.अकबर र उदयपुरको बेलका नगरपालिका–१० का २२ वर्षीय रामहरी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

२९ गते शुक्रवार दिउँसो जिल्लाको सप्तकोशी नगरपालिका–६ स्थित त्रियुगा सहकारी संस्था अगाडीबाट प्रदेश १०५–००४ प.०४८४ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।

उदयपुरको बेलका नगरपालिका–१० रामहरि श्रेष्ठलाई नियन्त्रणमा लिएर सोधपुछ एवं अनुसन्धान गर्दा चोरी भएका ५ मोटरसाइकल अन्य चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

उनीहरुको साथबाट प्रदेश १–०५–००४ प ०४८४ नम्बरको पल्सर, प्रदेश १–०२–०४१ प ३४१८ नम्बरको बुलेट, बा ९० प ३२७४ नम्बरको होण्डा एक्स आर, प्रदेश २–०३–०१३ प २०५७ नम्बरको आपाची र स.७ प ९२५७ नम्बरको यामाहा मोटरसाइकल बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

 


लोकप्रिय छुटाउनुभयो कि ?