Logo

सप्तरीमा दुई जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५२ पुग्यो

                     
Logo ३१ श्रावण २०७८, आईतवार २१:४०    

३१ श्रावाण , कञ्चनरुप ।

सप्तरीमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ भने योसँगै सप्तरीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५२ पुगेको छ ।

सुरुंगा नगरपालिका–२ का ५८ वर्षीया महिला एक संक्रमित होमआइसोलेसनमा राखेर उनको उपचार गरिरहेकै क्रममा आइतबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै विष्णुपुर गाउँपालिका–६ का ६०पुरुषमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको हो । उपचारका लागि धरान गएका विष्णुपुर गाउँपालिकाका पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?