३२ साउन, कञ्चनरुप ।


सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा ठेलामा राखी भारततर्फ निकासी गर्न लागेको ३लाख ४५ हजार को ८५ कार्टुन स्याउसहित सोमबार एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हनुमाननगर कंकालिनी नगरपालिका १२ निवासी शिवम पण्डित रहेको प्रहरीले जनाएको छ । सोमबार भारततर्फ २ वटा ठेलामा राखेर लैजाँदा गर्दा एक जना ठेला चालक भागेको र पण्डितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उक्त स्याउ के कहाँबाट लिई आएको भनि सोधपुछ गदै जाद हनुमाननगर कंकालिनी वडा नं।१२ स्थित मनोज मुखियाको गोठमा लुगाई राखेको थप ६० कार्टुन स्याउ बरामत गरको हो । बरामद स्याउ , पण्डित दुई ठेला प्रहरी नियत्रण्मा रहको छ ।












