३२ श्रावण कञ्चनरुप।


कम्पनीमा कार्यरत एक मजदुरलाई दुव्र्यवहार गरि कामबाट निकालेको भन्दै कमाला कञ्चनपुर निमार्णधिन सडक खण्डको चाईनिज कम्पनीका मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका २ स्थित रहेको चाईनिज कम्पनीमा कम्पनीमा कार्यरत मजदुर उमाकान्त चौधरीलाई कामबाट निष्कासन गरेको विरुद्ध कम्पनीमा कार्यरत सम्पूर्ण मजदुरहरु काम छोडेर आन्दोलनमा उत्रिएको उनीहरुले बताएका छन् ।

अग्निसाईर कृष्णासवरन २ सितापुरका चौधरीले आइतबार पानी परेपछि ४ घण्टा काम अबरुद्ध हुन पुग्यो, एक मजदुरले भने, काम नगरेको भन्दै आधा दिनको मात्र हाजिर दिन्छु भनेकाले पुरै दिनको हाजिर दिन आग्रह ग¥यौ, उनले थपे– उमाकान्तले अगुवाई गरेकाले उनलाई सोमबार काम नगर भन्दै हप्काउन थालेकाले सबैजनाले काम छोडिदियौं र आन्दोलनमा उत्रिएको एक मजदुरले बताए
काम गर्न भनेर बिहान ७ बजे आएका थियौं, एक मजदुरले भने हाजिर पनि भयो पानीले गर्दा केही समय काम भएन, सधै काम गर्न आएकाहरुलाई मौसमले साथ नदिंदा हाजिरी काट्नु न्यायोचित हुन्छ रु कम्पनीका हाकिमले तिमीहरुलाई काम गर्नु छैन भने निस्किहाल म बाहिरबाट मान्छे ल्याएर काम गर्छु भनेर हप्काएकाले हाकिमको अपमानजनक शैली विरुद्ध आन्दोलन गर्न बाध्य भएको मजदुरहरु बताउँछन् ।
मजदुरहरुले काम ठप्प पारी धर्नामा बसेपछि सोमबार दिनभरी कम्पनीका काम प्रभावित भएका छन् । मजदुर र कम्पनीका प्रमुख बीच छलफल पछि सहमति भएकाले आन्दोलनका कार्यक्रम स्थगित गरि मंगलबारबाट काममा फर्किने मजदुरहरुले बताएका छन् । काममा निकालिएका मजदुरलाई पुनः काम दिने, सोमबारको कामको हाजिर सबै दिने, मजदुरहरुको कामको सुरक्षाको ग्यारेन्टी गर्ने लगायतका मजदुरहरुले उठाएका माग सम्बोधन गर्ने कम्पनीका प्रमुखले प्रतिबद्धता व्यक्त गरेपछि आन्दोलन फिर्ता लिएको मजदुरहरुले जानकारी दिएका छन् ।
यता कम्पनीले मजदुरहरुबाट काममा नखटिएको पनि ज्याला मागेकाले विवाद गर्न आउने मजदुरलाई काममा नआउन भनेको बताए । पानीले काम गर्न नदिएपछि आधा दिनको हाजिरी दिने भन्दा चर्को रुपले प्रस्तुत भएकाले काम गर्न मन छैन भने गर्नुपर्दैन मात्र भनेको बताउँदै कसैलाई दुव्र्यवहार वा कामबाट निष्कासन नगरिएको दाबी गरे ।
पूर्व–पश्चिम राजमार्गलाई ६ लेनको मार्ग बनाउन पश्चिम कमालादेखि पूर्व कंचनपुरसम्मको ठेक्का एक चाईनिज कम्पनीले लिएको छ ।













