Logo

सप्तरीमा छुट्टाछुट्टै दुई घट्नामा दुई जनाको मृत्यु

                     
Logo १ भाद्र २०७८, मंगलवार १६:०८    

१ भाद्र कञ्चनरुप।

सप्तरीमा छुट्टाछुट्टै दुई घट्नामा दुई जनाको मृत्यु भएको छ । एक जनाको डुबेर तथा अर्काको करेन्ट लागेर मृत्यु भएको छ ।

जिल्लाको कंचनरुप नगरपालिकामा नगरपालिकाको वडा नम्बर १० बदगामा बस्ने २५ बर्षीय बैजु यादव करेन्ट लागेर मृत्यु भएको छ । कृतकको छिमेकी केशरी पासवानको घरमा काम गर्न गएको बखत फलामको रड काट्ने क्रममा उनलाई अचानक करेन्ट लगे पछि उचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज भर्ना गरिएको थियो । उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको सप्तरी प्रहरी ले जाएको छ ।

यस्तै, खडक नगरपालिका ३ बनरझुल्ला बस्ने २१ वर्षीय सन्तोष ठाकुरको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । कृतकको घरदेखी पश्चिम करिब १ सय ५० मिटर नारायण चौधरीको आँप बगैचामा माछा मार्न गएको अवस्थामा बगैचामा रहेको पानीमा लडेर अचेत भए छि उचारका लागी युनिक अस्पताल रुपनी ल्याएपछि चिकित्सकले मृत घोषण गरेको प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?