अम्विका दहाल


१ भाद्र , राजविाराज ।
सप्तरीमा जिता खोलाको तटबन्ध भत्किँदा जिल्लको तिलाठी कोइलाडी गाउँपालिकाका १ सय ५० भन्दा बढी घर डुवानमा परेका छन ।

केही दिन देखि निरन्तरको वर्षाका कारण तिलाठी कोइलाडी गाउँपालिकास्थित वडा नम्बर ५ को बसाईनस्थित दलित बस्तीमा बाढी पसेको गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले जानकारी दिए ।
गाउँपालिका–७ मनसापुर स्थित मंगलबार विहान खोलाको पश्चिमी तटबन्ध भत्किए छि वडा नम्वर–७ का मनसापुर, ४ का तिलाठी र वडा नम्वर ५ का को.बरसाइन तथा कुशहाका १ सय ५० भन्दा बढी घर डुवान भएको सप्तरी प्रहरीले जनाएको छ ।












