१ भाद्र, कञ्चनरुप ।


नेकपा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुले पार्टि एकताका लागि सधै ढोका खुल्ला राखेको नभए पार्टि पुर्नगठन गरेर अगाडि बढने बताउनु भयो ।
आज नेता नेपालले ६ वटा जनवर्गीय संगठनको आयोजनको भएको भर्चुअल बैठकमा देशभरीका १ हजार कार्याकर्तालाई सम्बोधन गर्दै उँहाले यस्तो बताउनु भएको हो ।

कार्यकर्तालाई सम्बोधन गर्दैे नेता नेपालले ओली विदेशीसामु लम्पसार परेको र नेपाली स्वाभिमानले शीर निहु¥याउने अवस्थामा पु¥याएको बताउनु भएया । अध्यक्ष केपी शर्मा ओलीले नै एकताको ढोका बन्द गरेको भन्दै उँहाले अब पार्टीलाई पुनर्गठन गर्नुको विकल्प नभएको बताउनु भयो ।
आज मंगलबारकै दिन नेपाल पक्षधरका नेता तथा सांसदहरुले पार्टी एकताका लागि अन्तिम प्रयास गर्न आग्रह गर्नुभएको थियो । नेपाल पक्षका नेता घनश्याम भुषालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विगतमा गर्नुभएको विधान विपरीतका निर्णयहरु फिर्ता गर्न र आगामी दिनमा त्यसखाले निर्णयहरु नगर्नेबारे छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेपछि नेता नेपालले सहमति जनाउभएको बताउनभएको छ । तर, आज दिउँसो २ बजे अध्यक्ष ओलीलाई भुषालले भेट्न जानू भएपनि आफूसहित १४ जना सांसदहरुलाई कारबाही गरिएको प्रति भने नेता नेपालले चरम् असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
नेता नेपालले पार्टीलाई एकतावद्ध बनाउने, गतिशील र लोकप्रिय बनाउने कुरामा, कार्यकर्तामा न्यायको अनुभूति दिलाउने कुरामा ओली पूरै असफल भएको बताउनु भएको छ । ‘पार्टीलाई बलियो बनाउन उँहाकोे ध्यान गएन । ओलीको ध्याने सानो गुट मदन भण्डारी फाउन्डेसनमा केन्द्रित छ’, नेपालले भननुभोे, ’उहाँलाई गुटको चिन्ता छ । बृहत् कम्युनिष्ट आन्दोलनबारे चिन्ता छैन । आफ्नो पद कसरी जोगिएला भन्ने मात्रै उँहालाई चिन्ता छ ।’
एमाले एवम् एमाले नेतृत्वको निवर्तमान प्रधानमन्त्री ओली सरकारले गरेका प्रतिनिधिसभा विघटन लगायतका विषयहरु असंवैधानिक भएको नेता नेपालले बताउनुभयो । अध्यक्ष ओलीको स्वेच्छाचारी र एकलौटी प्रवृत्तिका कारण पार्टीको जिल्ला एवम् वडा तहसम्ममा असन्तुष्टि उत्पन्न भएको र यी विविध कारणवश २०७७ चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्न बाध्य हुनुपरेको उहाँले बताउनुभएको छ ।
‘ओलीका लागि पद नै सबै थोक भएको छ । पार्टीमा पदको लडाइँ होइन, दुईटा विचार समुहको लडाइँ हो’, उँहाले भननुभोे, ‘केपी ओली दक्षिणपन्थी बाटोमा लाग्नुभो, राष्ट्रियताको सवालमा उँहाको आत्मसमर्पणवादी र व्यक्तिवाद हाबी भयो ।’












