४ भाद्र कञ्चनरुप ।


सप्तरीको राजविराज–भारदह सडकखण्डमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो राजविराज–भारदह सडकखण्ड अन्तर्गत राजविराज नगरपालिका–१५ स्थित बिश्वर्क चौकबाट खाँडो खोला नजिक राजबिराज तर्फ आउदै गर्दा अनियन्त्रित भई हुदाँ तीन जना सवार अन टेस्ट मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा राजविराज नगरपालिका–११ झलही फर्सैठका २७ वर्षीय विनोद सदाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको सप्तरीका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार २० वर्षीय गौतम सदा घाइते भएका छन् भने २१ वर्षीय धनराज सदा दुर्घटना भए लगत्तै फरार भएको काफ्लेले बताए । मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । मोटरसाइकल चालकको यकिन हुन नसकेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कञ्चनरुप नगरपालिकाको सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना













