Logo

रुपनगरमा हायसले अटोलाई टक्कर दिदा १ को मृत्यु २ जना घाईत

                     
Logo ४ भाद्र २०७८, शुक्रबार २१:३५    

४ भाद्र कञ्चनरुप ।

सप्तरीको कञ्चनरुप स्थित रुपनगर चौक हायसले अटोलाई टक्कर दिदा १जानाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन ।

कञ्चनरुप १२ स्थित रुपनगर बस स्टेनमा शुक्रबार दिउँसो ३ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको बा ५ ख ५९८२ नम्वरको हायले सिटि सिक्सालाई ठक्कर दिदा अटो चालकको मृत्यु भएको र अन्य दुईना घाईते भएको प्रहरीले जनाइको छ ।

अटो चालक कञ्चनरुप ८ बस्ने बर्ष ३०का चन्दन कुमार राउत दुर्घनटामा गम्भिर घाईते भए पछि उपचारका लाग विराटनगर कोशी अस्पताल लागदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालयका कञ्चनपुरका डीएसपी लोक नाथ तिम्सीनाले जानकारी दिए ।

यस्तै दुर्घटनामा गम्भिर घाईते कञ्चनरुप ९ का बर्ष ४४का अरुण कुमार कार्कीको कोशी अस्पता विराटनरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । उनि रुपनगर बुङ्गि काउण्टरमा कार्यरत टिकट बुकर हुन ।

अर्का समान्य घाईते भएका रुपनगर अटो यातायात संघ अध्यक्ष समेत रहेका बर्ष ३६का संतोष कुमार श्रेष्ठको कृति सामुयाकि अस्पतामा समान्य उपचार पछि डिस्र्चाज भएका छन । चालक, हाय आटो रिक्शा प्रहरी नियत्रणमा रहेको प्रहरीले जनाएको छ ।

कञ्चनरुप नगरपालिकाको सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी सूचना


लोकप्रिय छुटाउनुभयो कि ?