४भाद्र ,कञ्चनरुप।


मुस्लिम समुदायले शुक्रवार मोहरम अर्थात ताजिया ( दाहा ) घरेलु सशस्त्र हात हतियार सहित प्रदर्शन गर्दै गाउँ, नगर परिक्रम गरी मनाइरहेका छन् ।
सप्तरीको कञ्चनरुप अगायत जिल्लका अन्य ठाउँमा पनि ताजिया (दाहा) बनाइएको दाहा बनाईएको वडा कञ्चनरुप वडा नं. ११ वडा अध्यक्ष मो. जिब्रलले बताए । इस्लामिक पात्रो अनुसार पहिलो महिनाको नाउ मुहर्रम छ ।

दाहा मेलामा मुस्लिम समुदायका महिलाहरुले हसन हुसेनको सम्झनामा गीत गाउने पनि परम्परा रहेको छ । तीन दिनसम्म चल्ने मेलाको अन्तिम दिन उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई तक्मा ९सिल्ड० वितरण गर्ने आयोजक कमिटीले जनाएको छ ।
इस्लामिक क्यालेन्डर अनुसार अहिले मोहरम महिना चलिरहेको छ । मोहरम इस्लामिक क्यालेन्डरको पहिलो महिना हो ।
इस्लाम धर्मअनुसार मोहरम महिनाबाट नयाँ वर्षको सुरुवात हुन्छ । यो महिनामा नै इस्लाम धर्मका प्रर्वतक हजरत मोहम्मद पैगम्बरका नाति हजरत हसन र हुसैनले इस्लाम धर्मको रक्षाका लागि आफ्नो ज्यानको कुर्बानी ९बलिदानी० दिएका थिए ।
इमाम हुसेनले अल्लाहसँग आफ्ना हजुरबुबा मोहम्मदलाई मान्ने सम्पूर्ण मुसलमानलाई जन्नत ९स्वर्ग० पु¥याउन गरेको बाचानुरुप बदलामा हुसेन इराकको राजधानी करबला बग्दादमा सहिद भएको सम्झनामा संसारभरका मुसलमानले मोहर्रम मनाउँदै आएको मौलना कमरुदिन सिद्धिकीले बताए ।
कुरानअनुसार हुसैनकी आमाले पढेको नवाज अल्लाहले सबैभन्दा बढी मन पराउने भएकाले नवाज पढ्ने समयमा सधैं हुसेन रोइरहेपछि फरिस्ताले अल्लाहले आग्रहमा नवाज सुन्न बाधा नपरोस् भनी जन्नत घुमाउँदासमेत हुसेन रुन नछाडेपछि अल्लाहले ‘तिमी किन रोइरहेको’ भनी प्रश्न गरे ।
हुसैनले हर्जरत मोहम्मदका उम्मद ९अनुयायी० सीधै जन्नत जान पाऊन् भनी माग गरेपछि अल्लाहले ‘तिमी कर्रवला बग्दादमा सहिद हुन तयार छौ भने मात्र म तिम्रो इच्छा पूरा गर्नेछु’ भनी वाचा गरेपछि मोहर्रमको नवमीको रात हुसैनको कतल गरी मोरम दशमीको दिन सहिद भएको सम्झनामा यो पर्व मनाइन्छ । हुसैन सहिद भएको दिनदेखि संसारभरी इस्लाम धर्म फैलिएको बताइन्छ ।












