५ भाद्र, काठमाडौं ।


नेपालमा पछिल्लो २४ घण्टामा थप २,०७५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
१३ हजार ७५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ४ सय २४ र एन्टीजेन विधिबाट ६ सय ५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा हाल सक्रिय सङ्क्रमितको संख्या ३९ हजार ३ सय २१ रहेको छ । थप २ हजार ३ सय ८२ जना निको हुँदा नेपालमा हालसम्म कूल सङ्क्रमितमध्ये ६ लाख ९५ हजार ९ सय २५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९३.३ प्रतिशत रहेको छ ।
यही अवधिमा थप ३० जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म १० हजार ४ सय ८५ जनाले कोभिड–१९ को सङ्क्रमणबाट ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा ६३ हजार ९सय ६३ जनाले खोप लगाएका छन् । हालसम्म ४९ लाख ३५ हजार ५६ जनाले एक डोज खोप लगाएका छन् भने ३८ लाख ३५ हजार ६ सय ८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।












