Logo

कञ्चनरुपमा लागूऔषधका साथ होटल सञ्चालक पक्राउ

                     
Logo ६ भाद्र २०७८, आईतवार १८:४३    

६ ,भाद, कञ्चनरुप ।

सप्तरीको कञ्चनरुपमा लागूऔषध कारोबार गरेको आरोपमा एक होटल सञ्चालक पक्राउ परेका छन् ।

कञ्चनरूप नगरपालिका–२ बरमझिया स्थित संगम फास्ट फुड एण्ड मदिरा होटलका सञ्चालक ३५ वर्षीय जयराम यादवलाई ६ सय १० वटा ट्याब्लेट नाइट्रोसन–१० त्यसको खाली खोल ४१ वटा , ३१० वटा स्पास्मो प्रोक्सिभन प्लस र त्यसको २० वटा खाली खोल, एक सय मिलिलिटरको ८ वटा डाइलेक्स डिसी र ५ वटा खाली बोतल, एउटा कोडिवेलको खाली बोतल, २ वटा इस्कुफको बोतल र सिरिञ्ज पक्राउ परेको प्रहरीले जनाएको छ ।

पत्रलाउपेका यादवको लागु औषद सहित मोबाईल थान ३. ,१८ हजार ६ सय ७५ नगद सकेत बरमत गरको प्रहरीले जनाएको छ । पसलभित्र कालो रंगको प्लास्टिक र खैरो रंगको झोलामा राखिएको अवस्थामा लागु लागूऔषध पक्राउ परेका यादवलाई लागूऔषध (नियन्त्रण) ऐन २०३३ अनुसार कारवाही हुने प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?