Logo

कदमाहामा ट्याङ्कर र ट्रक ठोक्किँदा एक बालिकाको मृत्यु

                     
Logo ८ भाद्र २०७८, मंगलवार १९:२०    

८ भाद्र कञ्चनरुप।

सपतरीको कदमाहामा ट्याङ्करमा ट्रक ठोक्किँदा एक बालिकाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएको प्रहरले जनाएको छ ।

पूर्व पश्चिम राजमार्ग सडक खण्ड मार्फत सुरुङ्गा नगरपालिका–४ कदमाहामा रोकेर राखिएको को १ ख ६९५६ नम्बरको ट्याङ्करलाई पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ८ ख ३४ ख ३४२२ नम्बरको ट्रकले ठक्कर दिदा सुनसरीको रामधुनी इकराही नगरपालिका–४ का ट्रक चालक आशाराम चौधरीकी ९ वर्षीया छोरी मेनुका चौधरीको घटनास्थलमै मृत्यु भएको सप्तर िप्रहरीले जनाएको छ ।

उक्त ट्रकमा ४५ वर्षीय चालक चौधरी, सोही ट्रकमा रकेहेकी उनकी श्रीमती ४० वर्षीया चन्द्रकला थारुनी र छोरा २३ वर्षीय आशिष चौधरी घाइते भएको प्रहरले जनाएको छ । घटना पश्चात ट्याङ्कर चालक फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?