Logo

२ हजार ४ सय ८२ जनामा कोरोना संक्रमण, ४४ को मृत्यु

                     
Logo ९ भाद्र २०७८, बुधबार १७:५२    

९ भाद्र काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा १५ हजार २ सय ९० परीक्षण भएकामा २ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै १ हजार ७ सय ८१ जना निको भएका छन् ।

हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ५२ हजार ८६३ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८१ हजार ५८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै हालसम्म १० हजार ६ सय १२ जनाको मृत्यु भएको छ ।२४ घण्टा र नेपाली सेनाले केही दिनको बीचमा शव व्यवस्थापन गरेको विवरण समेत गरेर थप ४४ जनाले कोरोनाबाट ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरस संक्रमणबाट थप ४४ जनाको ज्यान गएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?