Logo

ओलीले आफ्नो प्रशंसा गर्दै नाच्नेलाई मात्रै आफ्नो ठाने : माधवकुमार नेपाल

                     
Logo १० भाद्र २०७८, बिहीबार १६:३८    

१० भाद्र ,कञ्चनरुप ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ओलीले आफ्नो प्रशंसा गर्दै नाच्नेलाई मात्रै आफ्नो ठाने, हामीजस्ता क्रान्तिकारीलाई घोचपेच र पीडित बनाउने मात्रै काम गरे बताउनु भयो ।

निर्वाचन आयोगबाट नयाँ पार्टीको दर्ता प्रमाणपत्र पाएपछि बिहीबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली अहिले भ्रष्ट र बिचौलियाको सङ्गतमा लागेर कम्युनिष्ट सिद्धान्तबाट विचलित भइसकेको बतानुभएको छ ।

‘नेता नेपालले ‘कोही बीचैमा थाक्दा रहेछन्, आँट घट्दो रहेछ । थाक्ने थाकिरहन्छन्, अगाडि बढ्नेहरू र क्रान्तिकारी दिशामा पार्टीलाई लैजान चाहनेहरू अघि बढिरहन्छन् । अब छुटेका र छुट्न चाहेका साथीको कुरा नगरौँ, हामी क्रान्तिकारी ढङ्गले अघि बढ्ने बाटोमा लागिसक्यौँ’, उँहाले भन्नु भयो । अध्यक्ष नेपालले कुनै दिन ओली समूहमा लागेकोमा पछुतो लागेमा फेरि फर्कने पनि बताउनु भायो ।

 


लोकप्रिय छुटाउनुभयो कि ?