१० भाद्र , कञ्चनरुप ।


सप्तरीमा आठ महिना अघि गत माघ १४ गतेबाट सुरु कोभिड–१९ विरुद्धको खोप अभियानमा २२ प्रतिशतले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।
स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार गत माघ १४ गते देखी आठ महिनाको अवधिमा एक लाख २१ हजार ५ सय जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।

जसमध्ये ५२ हजार जनाले कोभिड १९ विरुद्धको पूर्ण खोप लगाएका छन् भने ६९ हजार जनाले खोपको पहिलो डोज लगाएका हुन् । सप्तरीको कुल जनसंख्यको
२२ प्रतिशतले खोप लगाएका हुन् ।
पहिलो डोज लिइसकेका २७ हजार व्यक्तिलाई यही भाद्र१६ गतेबाट दोश्रो डोज लगाउने तयारी रहेको निमित्त प्रमुख यादवले बताए ।
सप्तरीमा कोरोना संक्रमणबाट अहिले सम्म १ सय ५९ जनाको मृत्यू भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।












