Logo

२ हजार ४ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ,२६ जनाले ज्यान गुमाए

                     
Logo १० भाद्र २०७८, बिहीबार १७:३७    

१० भाद्र, काठमाडौं ।

पछिल्लो २४ घण्टामा २ हजार ४ सय ३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने संक्रमणका कारण २६ जनाले ज्यान गुमाएका छन् ।

९ हाजार ७ यस २ पीसीआर परीक्षणमा २ हजार ५२ जना र ४ हजार ६ सय ७२ एन्टिजेन परीक्षणमा ३ सय ८१ जना गरी २ हजार ४ सय ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५४ हजार ९१५ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ भने ७ लाख ५ हजार ८९३ जना संक्रमणमुक्त भएका छन् ।

 


लोकप्रिय छुटाउनुभयो कि ?