११ भाद्र , कञ्चनरुप ।


नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सम्बद्ध पत्रकार संगठनको नाम समाजवादी प्रेस नेपाल तय भएको छ भने वरिष्ठ पत्रकार शम्भु श्रेष्ठ संयोजकको
जिम्मेवारी प्रदान गरीएको छ ।

संगठठनका नेता विश्वमणि सुवेदीको अध्यक्षता आज सम्पन्न भेलाले संगठनको तदर्थ समितिको संयोजकमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई तोकदै दुई साताभित्र राष्ट्रिय भेलाको आयोजना गरी केन्द्रीय समितिलाई पूर्णता दिने भएको छ ।
भेलामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेताहरु राजेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, डा विजय पौडेल, वरिष्ठ पत्रकार चौतारीका पूर्वअध्यक्ष बालकृष्ण चापागाईं, वरिष्ठ पत्रकार किशोर श्रेष्ठसहितको उपस्थिति थियो ।












