११ भाद्र ,काठमाडौं ।


पछिल्लो २४ घण्टामा २,०६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने २५ जना संक्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार ८ हजार ७ सय ५२ जनाको पिअिसार परीक्षण गर्दा १ हजार ५ सय ७७ र ४ हजार ३ सय ६५ जनाको एन्टीजेन परीक्षण गर्दा ४ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर २,३३७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । देशभर ३७ हजार ५९९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।













