Logo

उदयपुरको कटारीमा पहिरोले पुरिएर बालकको निधन

                     
Logo ११ भाद्र २०७८, शुक्रबार १७:३७    

११ भाद्र ,उदयपुर ।

उदयपुरको कटारीमा एक ७ वर्षीय बालकको पहिरोमा परेर ज्यान गएको छ । कटारी नगरपालिका २ मिलनचोकका ७ वर्षीय कर्ण मगरको स्थानीय आप खहरे खोलाको पहिरोले पुरिएर ज्यान गएको हो।

शुक्रबार खोलाछेउमा खोलिरहेको अवस्थामा दिउँसो साढे १ बजे खसेको पहिरो ९ढिस्को०ले पुर्दा गम्भीर घाइते भएका बालकको उद्धार गरी उपचारार्थ कटारी अस्पताल लैजाँदै गर्दा बाटैमा निधन भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। मृतक बालक स्थानीय पोष्टबहादुर मगरको छोरा भएको प्रहरीले जनाएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?