१४ भाद्र , रामपुर ।


सप्तकोशी नदीका सहायक नदी हरुको आसपासको इोत्रमा केही दिनदेखिको अविरल वर्षा का कारण सप्तकोशी नदीमा पानिको बाशाब बढदा आएको बाढीले उदयपुरको बेलकातर्फ कटान शुरु गरेको छ ।
हिजोआइतबार साँझसम्म सप्तकोशीले लगातार पश्चिमतर्फ कटान गर्न थालेपछि उदयपुरको बेलका नगरपालिका नदी किनार आसपासका वासिन्दा नदी को पश्चिमी भाग थर्फ १५० मिटर कटान गरिसकेको रखतराको संकेत देखिएपछि सम्भावित क्षेत्रमा बाँध निर्माण गर्न शुरु गरिएको छ, त्यस क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको उदयपुरजिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

स्थानीयका अनुसार अब १५ मिटर मात्रै कटान गरेमा सप्तकोशीको धार परिवर्तन हुन्छ । सप्तकोशीले धार परिवर्तन गरी पश्चिततिर लागे बेलका नगरपालिकाको वडा नम्बर २, ३, ९ र ८ का नदी तटका अधिकांश क्षेत्रहरु डुवानमा पर्नेछन् । यो क्षेत्रमा ठूलो मानव वस्ती रहेको छ ।
८ हजार बोरा बालुवा र ५० थान जालीको तटबन्ध बनाउन शुरु गरिएको छ । सप्तकोशीले धार परिवर्तन गरे उदयपुरको बेलकासँगै सप्तरीको सप्तकोशी र कञ्चनरुप नगरपालिकाका पूर्वी क्षेत्रका वस्ती समेत जोखिममा पर्नेछन ।
अहिले सप्तकोशीको तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गर्दै माइकिङ गरिएको छ । सप्तकोशी आसपासका करिव २५ सय परिवार नदीको उच्च जोखिममा रहेको बेलका नगरपालिकाका उपमेयर राजकुमारी चौधरीले बताईन् । सप्तकोशीको बाढीले सोबारे, डुम्रीबोटे, मसान घाट, धौरी टप्पु, चिलिमे, एविसी टापु, श्रीलंका टापु र रामनगर लगायतका ठाउँ उच्च जोखिममा रहेको उपमेयर चौधरीले बताईन् ।












