Logo

कञ्चनरुपमा हेलो सिस्टर कार्यक्रम सुरुवात
कक्षा १२ का परिक्षार्थीहरुलाई खोप लिन आग्रह

                     
Logo १७ भाद्र २०७८, बिहीबार ०८:४७    

१७  भाद्र कञ्चनरुप ।

सप्तरीको कञ्चनरुप नगरपालिकाले पूर्व प्रसुती (गर्भ) जाँच सतप्रतिशत पुर्याउँने, उत्तर प्रसुती जाँच सतप्रतिशत पुर्याउँने, घरमा शुन्य प्रसुती घोषणा गर्ने,संस्थागत सुत्केरी सतप्रतिशत पुर्याउँने र सुरक्षित मातृत्व नगर घोषणा गर्ने उद्घेश्यले हेलो सिस्टर कार्यक्रम सुरुवात गरेको छ ।

नगरभित्रका ९० जना स्वासथ्य स्वयमसेविकालाई १ लाख ३५ हजार मुल्य बरावरको र १२ जना स्वासथ्य संस्थाको नर्सिङ्ग कर्मचारी (फोकल पर्सन)को लागि १ लाख ८० हजार बरावर मुल्यको मोवाइल बुधवार नगरपालिकाको सभाहलमा वितरण गरिएको छ ।

उक्त कार्यक्रमको उद्घाटन समारहोमा हेल्लो सिस्टरको ५ वटा उद्देश्य घरमा शुन्य प्रसुतीको घोषणा, पुर्व प्रसुति गर्भ जाँच ४ पटक, उत्तर प्रसुती सेवा कम्तीमा ३ पटक ,नवजात शिशु स्याहार शत प्रतिशत र सुरक्षीत मातृत्वदर घोषणा गर्ने रहेको नगरपालिकाका स्वासथ्य शाखा प्रमुख रामसेवक यादवले जनकारी गराएका थिए । स्वयमसेविका र नर्सिङ्ग कर्मचारीलाई बिहिवार र शुक्रवार अभिमुखिकरण तालिम समेत गराउने कार्यक्रम रहेको शाखा प्रमुख यादवले बताए ।

चालु आर्थिक बर्षमा न.पा.ले ५ लाख ४० हजार स्वास्थ्य स्वयमसेविकाका लागि पैसा छुट्याएको र त्यो पैसा हरेक बर्ष पाउने निर्णय गरेको बताउँदै नगरप्रमुख मिश्रले भने,‘यो संगै पाईरहेको सेवा सुविधामा ५ सय रुपियाँ थप भएको छ ।’ वडा नं. ११ का स्वास्थ्य चौकि भवन निर्माणका लागि ७ कठा जग्गा उपल्बध गराएका जग्गा धनी अम्वीका ओलीलाई धन्यवाद समेत नगरप्रमुख मिश्रले दिएका थिए ।

कार्यक्रममा उपप्रमुख निरु पोखरेल , निमित प्रशासकिय अधिकृत नबराज खड्का, जिल्ला जनस्वास्थ्य कार्यालय राजबिराज सप्तरीका क्रमचारी अम्बिका ओली , १२ वटै वडा वडा अध्यक्ष , समाजिक परिचालक सहजकर्ता शुशिला चौधरी लगायतको उपस्थिति थियो । यसै विच जनस्वास्थ्य शिनियर अरेव तथा निरीक्षक डम्बर प्रसाद गुप्ताले कोभिड–१९ बिरुद्ध लगाउने खोप अभियान अन्र्तगत बिहिवार र शुक्रवार ६५ बर्ष माथीको र कक्षा १२ को परिक्षादिने तयारीमा रहेका बिद्यार्थीहरुको लागि खोप संचालन भईरहेकोले खोप कार्यक्रम सहभागी हुन आग्रह गरेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?