१९ भाद्र, राजविराज ।


उच्च अदालत जनकपुर राजबिराज इजलास सप्तरीले महिला न्यायाधीश,महिला कानुन व्यावसायि , महिला कर्मचारी , मानबअधिकारकर्मी पत्रकारहरु लगाएतका अधिकारकर्मीहरुलाई हिजो तीजको दर खुवाउने कार्यक्रम गरको हो ।
उक्त कार्यक्रममा उच्च अदालतकि माननीय न्यायाधीश शान्ति सिंह थापाले तीजलाई भड्किलो रूपमा नमनाई एउटा धार्मिक , सास्कृतिक र मनोरञ्जनढंगले समाजमा बिकृती न आउने ढंगले मनाउनु पर्ने बताइन । त्यसैगरी जिल्ला अदालतकी माननीय न्ययायाधीश रिता कुमारी बखरेलले तीजलाई ब्यक्तिगत स्वतन्त्रता र मनोरंजनको रूपमा लिएको बताईन । त्यसैगरी कानुन ब्यबसायी मन्नु खनाल ,मिना देब , पार्बती जोशी , किरण गुप्ता पत्रकार महासंघकि महिला उपाध्यक्ष अम्बिका दहाल लगायतले मन्तव्य राखेका थिए । उच्च अदालतका न्यायाधीश , जिल्ला अदालतक न्यायाधीश ,कानुन ब्यवसायी , मानबअधिकार्कर्मी ,पत्रकार लगाएतको उपस्थितिमा तीजको दर संगै एक अर्कामा खुसी , मनोरंजन होस भन्ने उद्देश्यले यो कार्यक्रम पहिलोपटक गरिएको उच्च अदालतका ना. सु.विस्वराज पोखेरेलले बताए













