Logo

कञ्चनरुप प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंशको उपचार सुरु

                     
Logo २० भाद्र २०७८, आईतवार १२:१६    

२० भाद्र ,कञ्चनरुप ।

सप्तरीकोे कञ्चनरुप स्थित प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरमा सर्पदंश केन्द्रको उद्घाटन एक कार्यक्रमको बीच गरिएको छ ।

केन्द्रको एक कार्यक्रमबीच आइतबार नगर प्रमुख बसन्त मिश्र र उप्रमुख निरु पोखरेलले संयुक्त रुपमा गरेका हनु ।

सर्पदंशबाट यस क्षेत्रमा मानवीय क्षति भइरहेकोल कञ्चनरुप नगरपालिकाले आफ्नै प्रयासमा संर्पदंश उपचार केन्द्र सञ्चालन तथा व्यवस्थापन गरि सञ्चालनमा आएको उक्त केन्द्रको उदघाटन गर्दै नगर प्रमुखले बताए । सर्पदंशका विरामीरुहरु अन्य ठाउँ जानु पर्ने समस्या समाधान भएको । उनले सर्पदंश उपचार केन्द्रको स्थापनाबाट सर्पदंशका कारण समयमै उपचारको अभावमा ज्यान जोगिने उप प्रमुखले बताईन । सर्पदंश उपचार केन्द्र सञ्चालन पछि सप्तरीका पूर्वी भागका सप्तकोशी,कञ्चनरुप हनुमाननगर कंकालीनी, तिरहुत तथा अग्निसाई कृष्ण सवरण लगायतका ठाउँका विरामीहरु लाभान्वित हुने नगरपालिकाका स्वास्थ्य शाखाका सिनयर अहेव डम्वर प्रसाद गुप्ताले बताए ।

यस अघि सर्पदंशको उपचार सञ्चालनमा ल्याए पनि त्यहाँ एकजना विरामीको मृत्यु भएपछि उत्पन्न तनावका कारण सर्पदंश उपचार सेवा बन्द हुन पुगेको थियो । सर्पदंशबाट सप्तरीमा बर्षेनी ३० देखि ४० जनाको मृत्यु हुँदै आएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?