Logo

प्रदेश २ मा एमालेका थप दुई सांसद नेकपा एकीकृत समाजवादीमा सामेल

                     
Logo २० भाद्र २०७८, आईतवार १३:२८    

२० भाद्र ,जनकुरधाम ।

नेकपा एमाले छाडेर प्रदेश २ का थप दुई सांसद नेकपा एकीकृत समाजवादीमा सामेल भएका छन् । आइतबार एमालेका प्रदेशसभा सदस्यद्वय सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ नेकपा एकीकृत समाजवादीमा सामेल भएका हुन् । उनीहरु निर्वाचन आयोगको जनकपुरस्थित प्रदेश कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीका पक्षमा आफ्नो सनाखत गराएका हुन् ।

उनीहरु गत शुक्रबार नेकपा एमालेको वीरगंजमा आयोजित प्रदेश कमिटी बैठकमा सहभागी भएका थिए । तर आइतबार नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गराइसकेपछि प्रतिक्रिया दिँदै सांसद विश्वकर्माले भने, ‘यता सनाखत नगरुञ्जेल हामी एमालेमै थियौं, त्यसैले पार्टीको बैठकमा सामेल भएका हौं तर अब सनाखत गरिसकेपछि हामी नेकपा एकीकृत समाजवादीका सांसद भयौं, अब एमालेसँग हाम्रो कुनै सम्बन्ध रहेन ।’

यसअघि गत बिहीबार प्रदेश २ का १० एमाले सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका थिए । प्रदेश २ मा नेकपा एमाले छाडेर एकीकृत समाजवादीमा सामेल हुने प्रदेशसभा सदस्यको संख्या १२ पुगेको छ । रातोपाटीबाट


लोकप्रिय छुटाउनुभयो कि ?