Logo

१ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि ,२० जनाको मृत्यु

                     
Logo २० भाद्र २०७८, आईतवार १७:१८    

२० भाद्र ,काठमाडौं ।

नेपालमा शनिबार १ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ९७१ नमुना परीक्षण गर्दा एक हजार ९८ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट ९७६ र एन्टिजेनबाट ११३ जनामा संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ५ हजार १७० जनाको आरटी पीसीआर र २ हजार ८०१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८३८ पुगेको छ ।

त्यस्तै सोही अवधिमा एक हजार ५३४ जना संक्रमणमुक्त भएका छ । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख २७ हजार १८५ पुगेको मन्त्रालयले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?