Logo

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या , शव छरपस्ट अवस्थामा

                     
Logo २१ भाद्र २०७८, सोमबार १२:४०    

भाद्र २१ ,संखुवासभा ।

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ । संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा तेजबहादुर कार्किको परिवारका ५ जनाको हत्या भएको मादी नगरपालिका १ नं वडा अध्यक्ष खेमनाथ कटुवालले जानकारी दिए । मृत्यु हुनेमा कार्कीसहित निजकी आमा, श्रीमती कमला कार्की, बुहारी रन्जना कार्की, नाति दिपेन कार्की र नातिनी गोमा कार्की रहेका छन् ।

उनलका अनुसार शव घर वरपरका छरपस्ट अवस्थामा रहेका छन् । श्रीमती र बुहारीको शव घर नजिकको खोलामा रहेको छ, भने तेजबहादुरको शव रोडमा भुडिमा रोपेको अवस्थामा फेला परेको छ । साथै २ छोरी घर माथिको खरबारीमा मृत भेटिएका छन् भने आमा घर भित्र नै मृत रहेकी छन् । वडा अध्यक्ष कटुवालका अनुसार प्रहरी टोलीले घटनाको अनुसन्धान शुरू गरेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?