Logo

केन्द्रले नेपाली काँग्रेस सप्तरीको फायल नै बन्द गरेकोे सभापति दिनेस यादवको आरोप

                     
Logo २१ भाद्र २०७८, सोमबार १८:१८    

२१ भाद्र, राजविराज ।

नेपाली काँग्रेस सप्तरी जिल्ला सभापति दिनेस यादवले विधान, नियमावली र केन्द्रीय परिपत्र बमोजिम विधिवत क्रियाशील फारम भरेर केन्द्रलाई बुझाएपनि सप्तरीको फायल नै बन्द गरिएकोे आरोप लगाएका छन् ।

सभापति यादवले सोमबार सदरमुकाम राजविराजमा पत्रकार सम्मेलनको आयोजना नेपाली कांग्रेस सप्तरीले सिफारिस गरिएका क्रियाशील सदस्यता नदिइए कडा प्रतिकार गर्ने चेतावनी दिएका हुन ।

सप्तरी जिल्लामा धेरै ठूलो अन्याय गरेको बताए , ‘कांग्रेस जिल्ला कार्यसमिति यसप्रति घोर भर्त्सना गर्दछ’ उनले भने ।

क्रियाशील सदस्यता स्थगन गर्दा चार हजारको संख्यामा पार्टी प्रवेश गरेका व्यक्तिलाई ठाउँ दिन नसकिएका सभापति यादवले बताए । ‘जिल्लामा परिपत्र गरिए अनुसार गाउँपालिकामा ४५ र नगरपालिकाको वडामा ५१ जना क्रियाशील हुनुपर्ने मापदण्ड तोकिएको छ’ उनले भने, ‘तर कुनै वडामा शून्य छ भने कुनैमा त्यो संख्या अपुग रहेको समेत यादवले बताए ।

यसैगरी सभापति यादवल गरी आफु दुुई कार्यकाल जिल्ला सभापति भइसकेकोले बिधानतः पुनः सभापति हुन नमिल्ने भएकाले प्रदेश अध्यक्षमा लड्ने बताए ।

 


लोकप्रिय छुटाउनुभयो कि ?